Gold

गायिका समीक्षा अधिकारीमाथि कार्यक्रममा ढुङ्गा प्रहार र अश्लील गाली

कार्तिक १९

Naumule Migrate

काठमान्डौ – गायिका समीक्षा अधिकारीलाई सङ्खुवासभाको खाँदबारीमा भएको एक साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार गरिएको छ।

खाँदबारीमा शुक्रवार बेलुका भएको कार्यक्रममा गायिका समीक्षा अधिकारीलाई अश्लील गाली गर्दै ढुङ्गा प्रहार गरिएको थियो।

उनले स्टेजमा माईक समएयर गाईरहेको बेला केही समूह ले अश्लील गाली गर्दै ढुङ्गा हानेको थियो । यद्यपि ढुङ्गा भने स्टेजमा नआईपुगेको आयोजक कमिटीले बताएको हो ।

गायिका समीक्षा अधिकारीलाई अहिले पनि सामाजिक संजालमा चर्को गाली र बेजत गर्ने गरिएको छ।

गायिकाले अभिनेता पल शाहलाई बलात्कारको आरोप लगाएदेखि दर्शकले उनलाई गाली गर्ने गरेका छन । पल शाह भने अहिले जेलमा छन।

Naumule Badhipahiro