सुन प्रकरणमा थप तिन जना पक्राउ ,

असार २५ – ३३ केजी सुन प्रकरण हुँदै ३८ क्वीन्टल सुन सम्म पुगेको समाचार ताज नै छ ।सुन प्रकरणमा मुछियका सबै पक्राउ पर्ने क्रममा आज पनि ३ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त भनियका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको श्रेष्तेदार नवराज दुलालले बताए। सुन प्रकरणमा अहिले सम्म ६३ जना विरुद्द मुद्दा परेको छ ति मध्ये ८ जना सरकारी कर्मचारी उच्च तहका छन्। भने बाँकि विभिन्न कर्मचारी सर्वाधारण ब्यापारी रहेका छन्। मुद्दा दायर भयका सम्पूर्णको सम्पति घर जग्गा रोक्का गरि सरकारले छानबिन अगाडी कारबाही अगाडी बढायको छ।