आगलागि हुँदा १२ तलाबाट हाम फाल्दा जसले गरेका थिए छोरा परिवारलाई भिडियो कल

काठमान्डौ – थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको क्यासिनोमा आगलागी हुँदा पाण्डे आफ्नो ज्यान बचाउन खोजदै क्यासिनोको १२ तला बाट हाम फाल्दै उनको मृत्यु भएको छ।

पाण्डे लगायत क्यासिनोमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको मृत्यु भएको छ ।

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए।

हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना आफन्त परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ एकघण्टा भिडि कलमा कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।

पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कलको कुराकानी परिवारले सेतोपाटीलाई उपलब्ध गराएको छ। उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ।

अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू ।

त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न असल मान्छे बन्नुपर्छ सबैभन्दा ग्यानि हुनु ल सानु भन्दै आफु यो दुनियाँबाट बिदाई भएका छ्न ।

आफु मृत्युमा लडिरहदा पनि हासिहासि घर परिवार लगायत आफन्त लाई उनले बोलेका हरेक सब्दले सबै नेपाली लाई सन्देश दिदै मर्माहत बनाएको छ । पुष १५