नागरिकता नभएको व्याक्तीलाई गृहमन्त्री बनाएको भन्दै रावलको आपत्ति
काठमान्डौ – नेकपा एमालेका नेता डा. भिम रावलले रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रती आपत्ति जनाएका छन।
रावलले नेपाली नागरिकतानै नभएको र अदालतमा मुद्दा झेलिरहेका व्याक्तीलाई गृहमन्त्री बनाउनु गलत रहेको बताएका हुन।
विदेशी नागरिकता लिएर मुग्लान पसेको र संगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यंग्य हो।
राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ रावलले आफ्नो सामाजिक संजालमा लेखेका छन।पुष २३