टिकटक देखि स्टेज सम्म सुस्माको नाच वास्तविकता यस्तो छ
पुष २२
काठमाडौं – सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।
कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर ।
गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ ।
जाजरकोट मटेला निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।
आज भने पत्रकार उनको घरमा नै पुगेका छन । स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी आज भने मिडियामै भक्कानो छोडेर रुएकीछिन ।
हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन । दाजुहरु तिहारमा समेत आउँदैनन भन्दै भक्कानिइन उनी ।
उनि निकै पिडामा रहेको र पिडा हुदा हुदै पनि आफुले निरन्तर ३ बर्ष देखि टिकट सामाजिक संजालमा टिकटक बनाउदै आएको र घर परिवारबाट कुनै पनि सहयोग न पाएको सुश्मा मगर बताउँछीन ।
सुश्मा पडन चाहेको र पडाईमा घर परिवारले साथ न दिएपछि अहिले जाजरकोट का संमसद शक्ति बस्नेतले सुश्माको सबै पडाई खर्च सरकारले बेहोर्ने बताएका छन ।