Gold

बारपाक सुलिकोट गाउँपालिका फेरि पनि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाभरकै उत्कृष्ट

माघ ९

Naumule Migrate

काठमाडौ – गोरखा बारपाक सुलिकोट गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाभरकै उत्कृष्ट बनेको छ।

पालिकाहरुले गत आर्थिक बर्ष२०७८/७९ मा भएका विभिन्न कामको सूचकको आधारमा गरिएको मूल्याकंनमा जिल्लाका ११ पालिकामध्य बारपाक सुलिकोटले सबै भन्दा धेरै अन्क प्राप्त गरेको हो।

पालिकाहरुले मुख्य सूचकका आधारमा आर्थिक बर्ष २०७८/७९ जिल्लाकै सबै भन्दा धेरै ८४ दशमलव ७५ अन्क प्राप्त गरेको हो। २०७७/७८ मा भने सो पालिकाले ७१ दशमलव  २५ अन्क प्राप्त गरेको थियो।


यस्तै अघिल्लो आर्थिक बर्षमा ६६ दशमलव ७५ अन्क प्राप्त गरेको सहिद लखन गाउँपालिकाले गत आर्थिक बर्षको मूल्याकंनमा ८३ दशमलव ७५ अन्क पाउदै जिल्लाको दोश्रो पालिका बनेको थियो ।

यस्तै सिरान चोक गाउँपालिकाले पनि संस्थागत सुधार गरेको पाईएको छ। आर्थिक बर्ष २०७७/७८ मा ७३ दशमलव ७५ अन्क प्राप्त गरेको सिरानचोकको गत आर्थिक बर्ष ७९ दशमलव   ५ रहेको थियो।

Naumule Badhipahiro