जनयुद्धका सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय
काठमाडौँ – सरकारले शहीद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरूको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरूको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेस आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरूको नाम समावेश छ ।
सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।फागुन १५