Gold

राजु परियारले काटे पलाउछ गीतलाई किन भने कालजयी कारण यस्तो

Naumule Migrate

काठमान्डौ – लोकप्रिय गायक राजु परियारको स्वर रहेको गीत काटे पलाउछ बजारमा सार्वजनिक गरिएको छ।

लामो समय पछि गायक राजु परियारले आफुले कालजयी गीत गायको बताएका छन। गायक राजु परियार लोक दोहोरी क्षेत्रको एक चर्चित मात्र नभई सदाबहार आवाज हो।

उनका बजारमा हजारौं गीत बजिरहेका छन। तर काटे पलाउछ जस्तो गीत भने उनले लामो समयको अन्तरालपछि गाएको बताएका हुन।

उनले भने मैले थुप्रै गीत गाएको छु मेरो लागि कुन गीत हिट भन्ने छैन तर मैले कुन गीतलाई हिट भनौ दर्शकले सबै गीतलाई माया गरिदिनु भएको छ ।

तर मैले गाएका कालजयी गीतमा काटे पलाउछ गीत पर्छ । किन कि यतिको गीत बर्षमा मेरो लागि एक वा दुई सम्म पर्छन । उनले भने यो गीत दर्शकको लागि र मेरो लागि सदाबहार हो।

गीतमा मेनुका परियारको पनि स्वर रहेको छ। गीतको शब्द नेत्र अर्यालले लेखेका हुन भने गीतको संगीत एरेन्ज राजु सुनामले गरेका हुन । काटे पलाउछ गीतलाई रंग दर्पन म्युजिकले बजारमा ल्याएको छ।फागुन १७

Naumule Badhipahiro