माओवादीलाई अपराधीकरण गर्न खोजे फेरि ईतिहास दोहोरिन्छ : विप्लव

काठ्मान्डौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिएका छन।

हिजो आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले माओवादीलाई अपराधी बनाए इतिहास दाेहाेर्‍याउने चेतावनी दिएका हुन।

उमहासचिव विप्लवले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार नरहेको बताउदै आक्रोश समेत पोखेका छन।

हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्गजस्तो, उदासजस्तो, निराशजस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्नेजस्तो के हो यो देशमा ?

जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधीजस्तो, मलाई शहीदका छोराहरूले पनि भन्नुभयो– हामी अपराधी हो ? राज्यले के गरिरहेको छ ? सम्मानित हुनुपर्ने मान्छे अपराधीजस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउनेजस्तो, इतिहास यसरी उल्टियो ।

आज यो सारा माओवादीले बिगार्‍याे, भत्कायो भन्दैछन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू भन्दैछन् । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ ।

को हो हत्यारा नेपालमा ? दुई सर्य वर्षसम्म नागरिकलाई चुसेर अर्बाैँ सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, त्याे सह्य हुँदैन ।

यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहाेर्‍याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी बिउँताउन सकिन्छ ।

महासचिव विप्लवले कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्दासमेत पार्टीका कोही बोल्न नसकेको भन्दै आलोचना गरे ।

उनले मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्रीको पार्टीले कुनै आवाज उठाउदैन पार्टी भित्र कोहि मान्छे छन कि छैनन मलाई त अचम्म लाग्छ विप्लवले भने।फाल्गुन २२