यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
चैत २

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो। यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । यो सगै नेपाल जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको हो ।
