प्रकाश सपुतले प्रतेक गीतमा महिलालाई आक्रमण गरेका छन : शिव हमाल
काठमान्डौ – लोक तथा दोहोरी गीत प्रतिस्ठानका महासचिव शिव हमालले गायक प्रकाश सपुतले प्रतेक सिर्जनामा नारीलाई देह व्यपारसंग जोड्ने गरेको बताएका छन।
लोकप्रिय गायक तथा संगीतकार शिव हमालले प्रकाश सपुतले पटक पटक गीतबाट नारीलाई आक्रमण गर्ने र नारि देह व्यपारसंग जोड्नु गलत भएको टिप्पणी गरेका हुन।
पिर गीतमा प्रकाशले माओवादी पुर्व लडाकुले अहिले शरीर बेचीरहेका छन भन्ने प्रस्तुत गरेका थिए भने अहिले सकम्बरीमा गीतमा दोहोरो साझमा काम गर्ने महिलाहरुले शरिर बेचीरहेका छन भनेर देखाएका छन।
विवादमा गीत सिर्जना नै नरहेको संगीतकार हमाल बताउँछन ।प्रकाशका हरेक गीत विवादित रहेको समेत हमालले रंग दर्पनलाई बताए ।
उनको व्याटल , गल्बन्दी , पिर , सकम्बरी सबै गीत विवादित रहेको उनको भनाई छ। दोहोरी साझ भनेको कलाकार जन्माउने घर हो , म पनि १० बर्ष दोहोरीमा सिकेको मान्छे हु।
आज ठुला ठुला कलकार दोहोरीले जनाएको हो । तर दोहोरीलाई नारी देह व्यपारसंग जोड्नु भनेको गलत हो । कलाकारले अहिले दोहोरी चलाईरहेका छन। के उनिहरुले त्यही व्यपार गरेका छन त ? प्रकाश् सपुतको बुझाई गलत हो गायक तथा संगीतकार शिव हमालले भने ।
माओवादी पुर्व लडाकुलाई नारी देह व्यपारसंग जोडेपछि प्रकाश विवादमा आएका थिए भने उक्त गीतलाई युटुबमार्फत हटाईएको थियो। त्यस्तै प्रकाशले भर्खरै मात्र सकम्बरी भन्ने गीत बजारमा सार्वजनिक गरेका छ्न।
उक्त गीतमा उनले दोहोरी साझमा काम गर्ने महिलाहरुले शरिर बेचेर पैसा कमाउने गरेको प्रस्तुत गरेका छन। गीतले रात्री साझमा काम गर्ने युवतीले शरीर बेच्ने गरेको देखाएपछी दोहोरी संघ विरोधमा उत्रिएको छ।
करोडौ लगानी गरेर खोलेका दोहोरीमा के यहि व्यपार हुन्छ त भन्दै चौतर्फी प्रश्न समेत उठेका छन। त्यस्तै कलाकार प्रकाश कटुवाल लगात थुप्रै कलाकारले सकम्बरी गीत हटाउन माग गरेका छन। प्रकाश भने यो बेला अमेरिकामा छन।बैशाख ७