Gold

एमाले सचिव टोप बहादुर रायमाझी फरार

Naumule Migrate

काठमान्डौ – नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी फरार रहेको पाईएको छ । आज बिहान भैरहवाबाट उनलाई प्रहरीले पक्राउ गरेको भन्ने खबर आएपनि जाल सम्म उनी फरार रहेको खुलेको छ।

यस्तै प्रहरी श्रोतका अनुसार पनि उनलाई पक्राउ गरिएको छैन । उनको मोबाईल भने स्विच अफ रहेको छ । हिजो मात्र अर्घाखाँचीको कार्यक्रम सकेर उनी काठमाडौ आइउदै गरेका थिए ।

रायमाझीका छोरा सन्दिपलाई भने हिजो साझ बुटवलबाट प्रहरीले नियन्त्रणमा लिईसकेको छ।बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। जसमा नेता टोप बहादुर रायमाझी पनि छन ।बैशाख २१

Naumule Badhipahiro