हात हल्लाउँदै टोप बहादुर रायमाझी जेल भित्र पसे
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।
पक्राउ पुर्जी जारी भएलगतै टोप बहादुर रायमाझी फरार रहेका थिए । उनी नेपालमा नभै भारत तिर भागेको भन्ने प्रहरीले आशन्का गरेपनि उनी अन्तत हिजो बुढानिल्कनठबाट पक्राउ परेका हुन।जेठ १