surkhet

पेस्तोल देखाएर दिनमै बैंक लुटियो

surkhet

महोत्तरी – महोत्तरीमा दिनमै बैंक लुटिएको छ। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा एक समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ।

मंगलबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए।

Gorkha

प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको एक समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटेर फरार भएका छन्।

Dailekh

उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरी बैंक लुटेपछि  मोटरसाइकलमा भागेका थिए। फरार रहेका उनीहरूलाई प्रहरीले खोजी रहेको छ। जेठ १६

salyan