संखुवासभाको बाढीको क्षतीबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड तुम्लिङटार विमानस्थलमा
काठमान्डौ -प्रधानमन्त्री प्रचण्ड तुम्लिङटार विमानस्थलमा पुगि संखुवासभाको बाढीको क्षतीबारे जानकारी लिएका छन।
बाढी प्रकोपबारे प्रमुख जिल्ला अधिकारीमार्फत जानकारी लिदै
सरकारको तर्फबाट उद्दार, राहत र अवरुद्ध यातायात सेवा संचालन तथा जनताको आवास व्यवस्थापनमा कुनै कमि हुन नदिने प्रधानमन्त्री प्रचण्डले बताए ।
सरकारको तर्फबाट उद्दार र राहतको काममा अहोरात्र खटिरहेका सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवक र स्वयंसेवी संघ संस्थाहरुलाई उनले धन्यवाद व्यक्त गरेका छन।
संखुवासभामा सबैभन्दा बढी क्षति सुपर हेवाखोला जलविद्युत आयोजनामा भएको छ। उक्त आयोजनामा १७ जना मजदुर अझै वेपत्ता अवस्थामा छन।एउटा उत्पादन भएको र ७ निर्मानाधिन जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन।
संखुवासभामा मात्र ३ मोटरेवल पुल र ५ झोलुङ्गे पुल क्षतिग्रस्त अवस्थामा छन। प्रधानमन्त्री प्रचण्डसंगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सोहि क्षेत्रमा अवलोकन गर्न पुगेका छ्न। असार ४