निर्मला पन्त बलात्कार हत्या प्रकरण बादलका छोरा प्रतिकविरुद्द पक्राउ पुर्जी जारी

काठमान्डौ – पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरुद्ध निर्मला पन्त बलात्कार हत्या प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। प्रतिकविरुद्ध यो भन्दा पहिलेनै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि पक्राउ पुर्जी जारी भैइसकेको छ।

निर्मला पन्त बलात्कार हत्या प्रकरणमा बादलका छोरा प्रतिकविरुद्द पहिले पनि आवाज भने नउठेको होइन । सबैले उनिमाथि शंका पनि गरेका थिए । यस्तै सार्वजनिक कार्यक्रममा समेत उनको नाम आउने गर्थ्यो । तर एमालेको सरकारमा बादलनै गृहमन्त्री थिए र उनिविरुद्द कसैले मुद्दा दायर गर्न सकेन ।

तर अहिले भने उनिविरुद्द निर्मला पन्त प्रकरणमा पक्राउ पुर्जी जारी भएको श्रोतले जनाएको हो ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको थियो।

बलात्कारपछि हत्या गरिएको अवस्थामा  विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।असार ९