सुर्खेत सिम्ताकि सन्तोषीको छिन्चु बजारमा रहस्यमय मृत्युु ,पाँच जनाविरुद्ध किटानी जाहेरी
सुर्खेत – सुर्खेतको छिन्चुमा एक युवतीको रहस्यमय मृत्यु भएको छ। सुर्खेत सिम्ता गाउँपालिका ,६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको रहस्यमय’ मृत्यु भएको पाईएको हो।
प्रेमविवाह गरेका उनिहरु भेरीगङ्गा नगरपालिका १० छिन्चु बजारमा बस्दै आएका थिए । बजारको डेरामा गत आइतवार विहान करिव ९ बजे डेराको पंखामा सन्तोषीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका,६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेमविवाह गरेकी थिइन । प्रेमविवाह गरेपनि बालकृष्णले घरमा नलगि छिन्चु बजारमै भाडामै राख्दै आईरहेका थिए ।
मृतक सन्तोषीका परिवारले यो आत्मत्या नभइ श्रीमान बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।
सन्तोषीका बुवा डिले सार्कीले प्रेमविवाह गरेपनि केटाले घर नलिइ छिन्चु बजारमै भाडामै राखेको र केटा र घरपक्षले मानसिक तनाव दिइ केटाले हत्या गरि छुन्ड्याएको आरोप लगायका हुन।
मृतकको घाँटीमा हातका छाप, धेरै चोट लागेकोले छोरीले आत्महत्या नगरेको दावी गर्दै उनले रहस्य मृत्यु भएको हुँदा छानविनको माग गर्दै केटा पक्षका विरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी समेत दिएका छन।
इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईका अनुसार मृतकका आफन्तले केटासहित पाँच जना विरुद्ध कर्तव्य ज्यानसहित आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको बताए।
केटा बालकृष्णसहित उनका बाबु हिरामणि सुनार, आमा आशा सुनार, दाजु कमल चित्रकार र भाउजु लक्ष्मी चित्रकारविरुद्ध सोमवार किटानी जाहेरी परेको छ।
सन्तोषीका बुवा डिले सार्कीले प्रेमविवाह गरेर १३ महिनासम्म घर नलिनु, घरपरिवारले पनि सार्कीको छोरी भन्दै मानसिक तनाव दिइरहनुजस्ता यातना दिएका कारण पाँच जना विरुद्ध जाहेरी दिएको बताए ।
प्रहरीले घटना भएकै दिन आइतवार बेलुका श्रीमान बालकृष्णलाई पक्राउ गरि सकेको छ। उनी भेरिगङगा नगरपालिकामा सलेप पदमा कार्यरत छन ।
इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईका अनुसार जाहेरीमा परेकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा ल्याएर अनुसन्धान गर्ने जनाए ।
घटना रहस्यमय भएका कारण थप प्रमाणहरु जुटाएर सूक्ष्म गहन अनुसन्धान थालिएको राईको भनाई छ।
मृतक सन्तोषीका परिवारले केटापक्ष विरुद्ध जाहेरी दिएपछि मेहेलकुना अस्पतालम शव पोष्टमार्टमका लागि लगेपनि अस्पतालमा विवादआउन सक्ने भन्दै पोष्टमार्टम नगरि नेपालगन्जको भेरी अस्पताल पठाइदिएको छ ।
घाँटीमा देखिएको दागलगायतको विज्ञता हासिल गरेको डाक्टर नभएको कारण देखाउँदै अस्पतालले सोमवार बेलुका सन्तोषीको शव पोष्टमार्टम गर्न नेपालगन्ज पठाएको थियो ।
सन्तोषीका आफन्तले मेहेलकुनामै पोष्टमार्टम गर्न माग गरेका थिए । सोमवार अपरान्ह ६ बजेतिर शव नेपालगन्ज लगिएको छ । पोष्टमार्टम रिपोर्ट आए घटनाको थप रहस्री खुल्ने प्रहरीले जनाएको छ।