मिटरब्याज पिडितको ८ बिगाहा जग्गा र ३८ करोड रकम फिर्ता : गृहमन्त्री श्रेष्ठ

काठमान्डौ – सरकारले मिटरब्याजीले हडपेको ८ बिगाहा जग्गा फिर्ता गरेको छ।

सर्वसाधारणलाई ऋणको नाममा चर्को ब्याज असुल्ने र कपाली तमसुक बनाई जग्गा पैसा हडप्ने गरेको पिडितको गुनासो पछि सरकारले तत्काल छानबिन आयोग गठन गरेको थियो ।

विभिन्न जिल्लाबाट न्याय पाउन काठमाडौको माईतीघरमा आएर आन्दोलन गरिरहेका पिडितलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए ।

मन्त्री श्रेष्ठले आन्दोलन रोकेर घर फर्किन आग्रह गरेका थिए । श्रेष्ठले भने तपाईहरु घर फर्किनुस , तपाईहरुलाई जसरी पनि न्यया उपल्ब्ध गराउने मेरो जिम्मा भो । यति पछि आन्दोलन रोकेर पिडितहरु घर फर्कीएको तीन दिनमा उनिहरुले न्याय पाएका छन।

मिटरब्याजीले पिडितलाई बनाउने गरेका कपाली तमसुक च्यातीएको छ भने देश भरबाट ३८ करोड रकमबाट पिडितलाइक राहत भएको छ।

प्रधानमन्त्री प्रचण्ड सरकारले जनमुखी कार्य गरेको भन्दै देशभरबाट जन्ताले प्रशन्सा गरेका छन । अहिले टोल टोलमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्चा छ।

गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणका नाईकेहरुलाई पक्राउ गरि खोरमा राखेका छन भने अहिले ताजा ललिता निवास जग्गा प्रकरणका नाईकेहरुलाई पक्राउ थालनी गरेका छन।

भ्रष्टाचारि कसैलाई पनि नछोड्ने गृहमन्त्री श्रेष्ठले प्रतिबद्धता गरेका छन।असार २७