कसरी भयो हेलिकप्टर दुर्घटना छानबिन समिती गठन
काठमान्डौ – सरकारले मनाङ एअरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाएकाे छ ।
मङ्गलवार दिउँसाे सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको हो ।
बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिईन।
मंगलबार विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको नाईन एनए एमभि कलसाईन हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो।
दुर्घटना हुँदा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । मृतक सबैको शव काठमाडौ ल्याईएको छ ।असार २७