चरित्र हत्या हुनेगरि समाचार प्रकाशित कानुनी उपचार खोज्छु : उपमेयर मैना विक

साउन ९

काठमान्डौ – आफुविरुद्द एक रुपता समाचार र चरित्र हत्या गरिएको भन्दै सुर्खेत गुर्भाकोट नगरपालिकाकि उपमेयर मैना विकले आपत्ती जनाएकि छिन ।

केही दिन यता उपमेयर मैना विकको नाम जोडेर सामाजिक संजाल र अनलाईन मिडियामा समाचार प्रकशित हुने गरेका छन।

उपमेयर मैनाले सामाजिक संजालमा एकतर्फि रुपमा आफ्नो व्यक्तिगत आरोप, आक्षेप र बदनीयतपूर्ण रुपमा समाचारहरु प्रकाशित भएकोमा खेद प्रकट गरेकी हुन।

कमानसिंह विकसंग लिन दिनको बिषयलाई लिएर आफ्नो नाम जोडेर राजनितिक व्याक्तिगत चरित्रहत्या गर्न खोजेको भन्दै यसको कानुनि बाटो समेत अगाडि बढाउने उपमेयर मैनाले बताईन।

कमानसिंह विक मैनाका श्रीमान हुन । उनले गरेको व्याक्तीगत कारोबारलाई जोडेर मैनाको चरित्र हत्या हुने गरि समाचार प्रकाशित भएका छन।

कमानसिंहले वैदेशिक रोजगारमा पठाउने भन्दै स्थानीय युवाहरुबाट रकम उठाएको र फरार भएको भन्दै समाचार प्रकाशित भएका थिए ।

उक्त लेन्देनमा मैनाले आफ्नो घर बेचेर पैसा दिने तर एक बर्ष सम्म कुर्नु पर्ने भन्दै समाचार उल्लेख छ्न ।

आफुले भने उक्त कारोबारको केही जानकारी नभएको र समाचारमा लेखीएका जस्तो केही नबोलेको मैनाले रंग दर्पनलाई बताईन।

उपमेयर मैना  नगरपालिका हुँदै प्रदेशसम्म जन्ताको लागि सक्रिय र ईमान्दार जुझारु कर्म निष्ठ राजनितिज्ञ महिलामा चिनिने गर्दछिन।

उपमेयर मैना लेख्छिन।

केही दिनयता गुर्भाकोट नगर उपप्रमुख र न्यायिक समितिलाई जोडेर विभिन्न अनलाईन मिडिया र सामाजिक सञ्जालमा एकतर्फी रुपमा व्यक्तिगत आरोप, आक्षेप र बदनीयतपूर्ण रुपमा आएका समाचार, टिक्काटिप्पणी र प्रचारवाजीका विषयमा मेरो सस्थागत र व्यक्तिगत रुपमा गम्भीर आपत्ती र ध्यानआकर्षण भएको जानकारी गराउँछु ।

मेरो सार्वजनिक पदीय दायित्व, उत्तरदायीत्व र जिम्मेवारीभन्दा बाहिरका विषयलाई जोडेर केही विभिन्न राजनैतिक विचार आस्थागत रुपमा सस्थागत, व्यक्तिगत र मिडियाका नामबाट चरित्र हत्या गर्ने गरि आएका विषयमा खेद प्रकट गर्न चाहान्छु ।

मुलुकी अपराध संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसूर, गोपनीयता विरुद्धको कसुर, भेदभाव तथा अन्य अपमाजन्य व्यवहार सम्बन्धी कसूर, विद्युतीय कारोवार ऐन ( साईबर अपराध) आकर्षित हुने गरि ममाथि भएका झुठ, गलत र निराधार आरोप विरुद्ध कानुनी उपचार खोजिने सबैमा जानकारी गराउँछु ।

म आफ्नो सार्वजनिक पद, प्रतिष्ठा र जिम्मेवारीमा सधै ईमान्दार, निष्ठापूर्ण र निस्वार्थ रुपमा लाग्दै गर्दा मलाई उल्लेख गरे विना प्रमाण, कानुनी रुपमा पुष्टि नहुने, एकतर्फी रुपमा व्यक्तिगत, सार्वजनिक विषयमा आएका समाचार, सामाजिक सञ्जाल कुरामा गम्भीरता रुपमा लिदै कानुनी उपचार अवलम्बन गरिने सबैमा सार्वजनिक रुपमा प्रष्ट पार्न चाहान्छु ।

मैना वि क
उपप्रमुख
गुर्भाकोट नगरपालिका कार्यालय