विदेश जानेहरुले श्रीमान वेपत्ता पारेको भन्दै उपमेयर मैनाको उजुरी दिने तयारी
साउन १२
काठमान्डौ – गुर्भाकोट नगरपालिकाकि उपमेयर मैना विकले आफ्नो श्रीमान वेपत्ता पारीएको भन्दै उजुरी दिने तयारी गरेकी छिन।
विदेश जानेहरुलेनै ज्यानै तल माथी हुने धाक धम्की दिने गरि दिल्लीबाटै आफ्नो श्रीमान कमानसिंह विकलाई वेपत्ता पारेको उनको भनाइ छ।
आफूलाई राजनितिक प्रतिशोध र दलित भएकै कारण हेपा प्रवृत्ति गरि म माथी ठूलो राजनीति गृहो परिचालन भएको समेत उपमेयर मैनाले बताइन।
उनका श्रीमान कमान सिंह विक आफै वैदेशिक रोजगारमा जाने भनी दिल्ली पुगेका थिए । असार ९ गते देखि उनी सम्पर्कमा नरहनेको मैनाले बताईन।
गुर्भाकोट नगरपालिका युवा युवतीहरु कमानसिंह सगै माल्टा जान भन्दै दिल्ली पुगेका थिए । तर ती युवाहरु अहिले गुर्भाकोट आईपुगेका छन।
उनिहरुले माल्टा जाने भन्दै कमानसिंहलाई दुई दुई लाख रुपैयाँ दिएको र फरार रहेको भन्दै बताउदै आईरहेका छन। तर कमानसिंह हाल सम्म कहाँ छन भन्ने कुरा नै अतोपतो छैन ।
श्रीमानले लगेको पैसा श्रीमतीले दिनुपर्छ भन्दै उपमेयर मैना विकलाई दिन रात टचर दिएको समेत खुलेको छ। उनिमाथि राजनितक प्रतिशोध गरि मिडिया परिचालन गरि जातिय हेपा अपहेलना गरेको समेत गरेको मैनाले बताईन।
श्रीमानले गरेको गल्तीको सजाय श्रीमतीले भोग्ने कानुन छ कि छैन ? श्रीमानले पैसा लगेको वा नलगेको मलाई केही पनि थाह छैन । सत्य थाहा पाउन पहिले श्रीमान सम्पर्कमा आउनुपर्यो पिडितले न्याय पाउन त पिडक हुनुपर्यो उनले भनिन ।
हाम्रो घर परिवार छोरा छोरी रुन थालेका छन, विदेश जानेहरुसंगै दिल्ली पुगेर नेपाल आउने तर मेरो श्रीमान कसरी कहाँ जानू भो ?
मलाइ डर पनि लाग्न थालेको छ ।कमानसिंहलाई उनिहरुले पैसा नदिए नराम्रो हुने भन्दै धम्की दिएको समेत खुलेको छ।
यस्तै कमान सिंह संगै दिल्ली गए र घर फर्केका केहि युवाहरुले भने उपमेयर मैना विकको नाम जोड्नु गलत भएको बताए।
उपमेयरलाई हामीले सोधेर बसेर पैसा दिएको पनि होइन ।सबै मिलेर कमानसिंहलाई खोजी गरौ र अनुसंधान छलफल गर्न सकिन्छ उनिहरुले भने।