प्रधानमन्त्री गृहमन्त्रीको राजीनामा माग्ने एमालेको कल्चर ठिक भएन : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ – प्रधानमन्त्री प्रचण्डले एमालेको राजनिती कल्चरनै नभएको बताएका छन।
‘प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका पनि नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन प्रचण्डले भने ।
आज ईटालीबाट स्वदेश फर्कदै गर्दा सञ्चारकर्मीसंगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन ।
यस्तै उपप्रधानमन्त्री गृहमन्त्री र अर्थमन्त्रीसंग भेट गरिसकेपछि थप बताउने उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित UNFSS -2023 मा भाग लिएर आज नेपाल फर्कीएका हुन।साउन १२