सुन प्रकरणमा मेरो कुनै संलगन्ता छैन : महरा

काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता पुर्व सभामुख कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन।

सुन प्रकरणमा महराका बाबू छोरापनि संलग्न भएको भन्दै समाचार प्रकाशित भएका छन।

साथै महराले सुन प्रकरणमा प्रयोग गरेको फोन नम्बर समेत उल्लेख भएपनि उक्त नम्बर आफ्नो नभएको समेत महराले बताए ।

आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता समेत महाराले बताए ।

गत साउन पहिलो हप्ता त्रिभुवनविमान्स्थलबाट एक क्विन्टल सुन पास भएको थोयो । सुन ट्याक्सीमा राखेर लैजान लागेको बेला प्रहरीले फेला पारेको थियो ।

हाल सम्म सुनको मालिक को हो भन्ने समेत पत्ता लागेको छैन भने यहि विषयलाई लिएर एमाले संसद अवरुद्ध गर्दै आईरहेको छ।
महरा भन्छन् ।

केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु । साउन १८