Gold

सुर्खेतमा मुक्का हानेर चर्चामा आएका वडाध्यक्ष विनोदसिंह विष्ट जेल चलान

साउन २०

Naumule Migrate

सुर्खेत – रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेत वीरेन्द्रनगर-,३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ।

आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ।

उक्त मुद्दामा पक्राउ परेका अरु दुई जनालाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए। उनका अनुसार सन्तोष थापा र यामराज शाही धरौटीमा छुटेका हुन्।

उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर,३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरू चार जना पक्राउ परेका थिए। उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो।

वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडा भित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ।

वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन समेत गरिसकेको छ।

 

 

Naumule Badhipahiro