प्रधानमन्त्री र गृहमन्त्रीलाई कांग्रेस सांसद सुनिल शर्माले आतंककारी भनेपछि
साउन २८
काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले हिरासतमुक्त भएपछि
प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि रिहा भएपछि उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजि श्रेष्ठलाई सार्वजानिक स्थानमा आतंककारी भनेका हुन।
यस्तै उनि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेका छन्। भेटमा उनले ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।