सुन प्रकरणमा दोषी देखिए महरा जि पनि जेल जानुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्।
आइतबार बसेको माओवादी पदाधिकारी एवम् सरकारका मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
गृहमन्त्रीजीले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सरकारले गरिरहेको कामको बिफ्रिङ’ गरेको एक उपस्तिथि पदाधिकारीले भने।
उनले भने ‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सिआइबीको रिपोर्ट मिडियामा आएका समाचारबारे जानकारी गराउनुभएको थियो। दोषी भए कसैलाई पनि नछोड्ने पदाधिकारीमा समझदारी छ।
माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका छोरा राहुलले सुन ल्याउने चिनियाँ नागरिकसँग पटक-पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ।
सुन प्रकरणमा अन्य दलका नेतालाई मात्र जेलमा हालेको र आफ्ना पार्टीका नेतालाई संरक्षण गरेको भन्दै सरकारको चर्को आलोचना भैइरहेको छ। साउन २८
