कैलालीको लम्की बजारमा दुई वटा बम भेटिय ,,
साउन २ , लम्की – कैलालि जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान दुर्इ वटा प्रेसर कुकर बम फेला परेका छन् । नगरपालिकामा मेघाश्री उद्योग परिसरमा बम फेला परेकाे हाे । ईलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको हुन सक्ने जानकारी दिए ।प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।बम कसले र किन राख्यो भन्ने अनुसन्धान भईरहेको जोशीले बताय ।