suekhet
bheriad

,जनतासँग प्रधानमन्त्री’कार्यक्रम बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुने ,,

lekabesi

२ साउन, सुर्खेत-प्रधानमन्त्रीसँग अन्तरक्रिया गरिने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ बुधबार साँझदेखि हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । साँझ ९ बजेदेखि १० बजेसम्म एक घण्टा प्रशारण हुने र हरेक १५ दिनमा यो कार्यक्रम आउने छ । हिमालय टेलिभिजनसहित अन्य तीनवटा च्यानलमा पनि एकैसाथ यो कार्यक्रम प्रशारण हुने भयको छ।

कार्यक्रम निर्माणमा पत्रकार, अनुसन्धानकर्ता एवं विज्ञ गरी १५ जना जनशक्ति सहभागी हुने र यसमा लाग्ने सबै खर्च निर्माण संस्था कथा नेपालले व्यहाेर्नेकार्यक्रमका प्रस्तोता एवं निर्माता मनोजराज पाण्डेले जानकारी दिए । निर्माण कम्पनीले कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ, जसमा प्रधानमन्त्री ओली रोएको दृष्यसमेत समावेश छ ।

धैजसो उखान टुक्का, हँसिमजाक र छेडछाड गर्ने प्रधानमन्त्रीलाई के ले रुवायो त ? यसका लागि भने कार्यक्रम नै हेर्नुपर्ने छ ।