एमसिसी उपाध्यक्ष क्यामरोन अल्फ्रोड नेपालमा आए भोलि देखि सुरु

काठमाडौँ- भोलि भदौ १३ गतेेखि लागू हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको ‍औपचारिकताका लागि एमसिसी उपाध्यक्ष क्यामरोन अल्फ्रोड मंगलबार नेपाल आइपुगेका छन्।

गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई कार्यान्वयन मिति  तोकेको थियोे ।

एमसिसी नेपाल कम्याक्ट अन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम औपचारिक रुपमा सुरु भएको दिनदेखि पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ।

अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लागेको छ।

अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो। भदौ १२