जनयुद्धका जीउँदो ईतिहास ३६ दिन सम्म ट्वाईलेटको ट्यान्कीमा राखीएका भिम नारायण श्रेष्ठ

भदौ १५

गोरखा -यी हुन गोरखा बारपाक सुलिकोट वडा न ६ ताकुकोट भन्ञ्जाङ निवासी भिम नारायण श्रेष्ठ । उनको उमेर अहिले ५९ जति भयो उनको अनुहारमा खुसी देखिन्छ । तर उनको भित्र मन दुखी छ ।

२०५२ सालमा माओबादीको आरोप लागेर ४३ दिन राज्य बाट यातना सहित जेल बसेका भिम नारायनको शरीर अहिले पिडाम छ। जेल बाट छुटेपछि उनि गाउँघरमा खेतीकिसान गर्दै बसेका थिए ।

२०५९ साल कार्तिक मा तत्कालीन ताकुकोट गाविस भन्ज्याङ निवासी तत्कालीन गण्डक ब्यूरो सदस्य सैन्य कमान्डर क.आसा काजी श्रेष्ठ (हिमाल ) लाई आफ्नै परिवार लाई भेटघाट गर्न भन्ज्याङ घर आएको मौका छोपी आफ्नै घरमा तत्कालीन ताकुकोट ईलाका प्रहरी कार्यालयको सुराकीबाट सूचना पुगेर गएको टिमले गोली हानी हत्या गरेको थियो ।

त्यसको केही दिन पश्चताप तत्कालीन शाहीसेनाले माओवादीको आरोपमा भिम नारायण श्रेष्ठलाई भन्ज्याङ बाट समाएको थियो ।

उनलाई हेलिकोप्टरमा राखेर लगेर  ताकुकोट पोखरी गहिरा तल  आग्ङीटारी माथी फाट्मा उड्दै गरेको आर्मीको हेलिकोप्टर बाट तत्कालीन शाहीसेनाले तल फ्याँकिदिएको थियोे ।

उनको टोउको र नाख मुख मा ठुलो चोट र खुट्टा मर्केको थियो ।आकशबाट जमिनमा खसाईएका भिम नारायण श्रेष्ठलाई तल बाट पनी आर्मीले जबर्जस्ती हिडाउदै ताकुकोट प्रहरी कार्यालय  हुँदै घ्यामेसाल आर्मी ब्यारेकमा पुर्याएको थियो।

उनलाई ट्वाईलेटमा जम्मा हुने सेफ्टी ट्याङ्कीको खाल्टोमा टाउको मात्र माथी देखाएर ३६ दिन सम्म यताना दिदै राखीएको थियो । अहिले उनी छुटेका छन । तर उनको खुट्टामा सम्स्या छ।अहिले हेर्दा हँसिलो र रमाईलो देखीएपनि  ४ घन्टा भन्दा धेरै सुत्नै नसक्ने भिम नारायण बताउँछन।

४ घन्टा बढी सुते भनी मेरो ज्यानले मलाई रुन बाध्य बनाउँछ हिजोको यतानले ज्यान दुखेर कहिले काहीत  थोरै लोकल रक्सी  नखाई सुत्नै सक्दिन भिम भन्छन् ।

उनलाई जाडो महिना झरि बादल  नआएनी हुन्थो जस्तो लाग्छ। परिवर्तनको लागी भिम नारायण श्रेष्ठ जस्तै धेरैले रगत पसिना बागाएर आज आज नेपालमा यो अवस्था छ।

भिम नारायण श्रेष्ठ भन्छन्  मेरो केही कुरा नेता र मन्त्री हरूलाई केही सुझाब दिनु छ। तर हामी जस्तो जिउँदो शहिद हरूको सामान्य कुरा हरू ठुला नेता मन्त्री हरूले सिरयश भएर सुनिदिनु पर्यो तर हाम्रो कुरा कसले सुन्छर ? भिम नारायण श्रेष्ठ ।