सुवास नेम्वाङ शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए
भदौ २६
काठमाडौं – संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए ।
त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।
सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए ।
उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।
त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।
नेम्वाङको मृत्यु पछि अहिले प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपि ओली काङ्ग्रेस नेता शेरबहादुर देउवा लगायत पार्टीका शिर्ष नेताहरु अस्पतालमा पुगेका छ्न।उनको पार्थिव शरीरलाई पार्टी कार्यलय च्यासलमा राखिने छ।