रुकुम चौरजहारी

संविधानसभा अध्यक्ष नेम्वाङलाई राजकीय सम्मान दिने तयारी

रुकुम आठ विसकोट

काठमान्डौ – सरकारले संविधानसभा अध्यक्ष एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।

आज बिहान १ बजे निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् ।

केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राजकीय सम्मान दिने तयारी रहेको छ । भदौ २६