सल्यानको कपुरकोटमा जिप दुर्घटना दुईको मृत्यु
असोज ८

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका,३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन।
घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । जीप दुर्घटना हुनको कारण खुल्न बाकी छ।
