surkhet

कैलालीमा १३ वर्षीया बालिका कुमारी दमाईलाई सुरक्षाकर्मीले बलात्कार गरि हत्या

असोज १०

surkhet

काठमान्डौ – तत्कालीन जनयुद्धमा राज्यपक्षबाट गिरफ्तार गरि १३ वर्षीया कुमारी दमाईलाई सुरक्षाकर्मीले बलात्कार गरि हत्या गरेको खुलेको छ।

१३ वर्षीया कुमारी दमाईलाई २०५९ साल असोज ८ गते सुरक्षाकर्मीले गिरफ्तार गरी कैलाली सुखडस्थित संयुक्त सरक्षा दलको कार्यालयमा लगेको थियो ।

उनलाई बेपत्ताको लिष्टमा राखिएको छ । तर अपुस्ट जानकारी अनुसार चरम बलत्कार पश्चात उनको हत्या गरियको खुल्न आएको हो।

Dailekh

उनी कैलाली जिल्लाको साविक मसुरिया गााविस वडा १ स्थित अण्डैयामा खरको सानो झुपडीमा बसोबास गर्ने गगन दमाई र उनकी श्रीमति बाटी दमाईकि छोरी हुन ।

Gorkha

हाते कलमा गाउँका लुगाफाटा सिलाएर जिविका चलाउने गगन दम्पतिकी कान्छि छोरी थिईन् कुमारी दमाई।
स्थानीय प्राविमा ३ कक्षासम्म पढेपछि त्यस भन्दा माथि पढ्ने उपाए नभएकाले पढ्न छाडेकी कुमारी धेरैजसो घरधन्धा र अलि – अलि लुगा सिलाउने काम गरेर बा–आमालाई सघाउने गर्थिन भने कहिलेकहीँ ज्यालामा काम गर्न पनि जान्थिन् ।

पधेराबाट ग्रागामा पानी ल्याएर बिहानको खाना बनाउने तयारी गर्दैगर्दा उनलाई सेनाले गिरफ्तार गरेर लगेको थियो । तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्ध र सरकारपक्षको लडाईमा जाल सम्म १७ हजार बढीले ज्यान गुमाईसकेका छन भने हजारौ बेपत्ता छन ।

लाखौ घाईते अपाङ्ग भएपनि सरकारले अहिले सम्म कुनै उपचार गर्न सकेको छैन भने बेपत्ताको खोजी गर्न सकेको छैन ।

वर्तमान प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गते जनयुद्ध सुरु भएको थियो। शान्तिप्रक्रिया पछि प्रचण्ड तीन पटक प्रधानमन्त्री भैइसकेका छन ।
तर उनले न त बेपत्ताको खोजी गरे न त घाईते अपाङ्गलाई उपचार नै गरे ।

salyan