पक्राउ परेकै दिन अभिनेता अनमोल केसि अस्पताल भर्ना
काठमान्डौ – पक्राउ परेकै साझ अभिनेता अनमोल केसि अस्पताल भर्ना भएका छन।छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै नर्भिक अस्पताल भर्ना गरिएको जानकारी उनी निकट एक फिल्म निर्माताले बताए ।
आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माता सुप्रिया कटुवालको उजुरीपछि हिजो अनमोल पक्राउ परेका हुन।
भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।
त्यहाँ उनलाई भेट्न उनी निकट फिल्मकर्मी पुगेका थिए । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।
अपराध महाशाखा पुगेका निर्माता न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।
रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् ।
उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो । अनमोललाई आईतवार अदालत पेश गर्ने तयारी भैइरहेको स्रोतले जनायो । असोज १२