बझाङमा भूकम्पले लाखौका संरचना क्षति ग्रस्त, विद्यार्थी घाइते
असोज १६
धनगढी – बझाङमा भूकम्पले विभिन्न स्थानमा लाखौका संरचना क्षति ग्रस्त गरेको छ। भूकम्पबाट हाल सम्म १३ जना घाइते भएको विवरण आएको छ । भूकम्पबाट विद्यालय क्षति गस्त हुँदा विद्यार्थीहरु घाइते भएका छन्।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए ।
भूकम्पले गरेको क्षति विवरण आउन बाकि रहेको डीएसपी शाहले जानकारी दिए ।राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४।१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४।३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।
तस्विर : सन्तोष जोशी