एमाले अध्यक्ष ओलीले भने म भारती मानन्धरको साथमा छु

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले भारती मानन्धरको साथमा रहेको बताएका छन। उनले आफ्नो सामाजिक संजालमा लेख्दै तपाईको पछाडि उभिएको छु तपाईले न्याय पाउनुपर्छ सिङ्गो देश उभिएको छ।

भारती बहिनी ! सामाजिक सञ्जालभरी देखें– तपाईंको पीडा खपिनसक्नु छ । यो देखेर मेरा पनि आँशु आए । तपाईंले मनोबल उच्च बनाउनु पर्छ । राज्यले नागरिकको संरक्षण गर्नु पर्छ, अपराधिको होइन– आज मैले संसद्मा पनि आवाज उठाएको छु । तपाईंको पछाडि म उभिएको छु, सिङ्गो देश उभिएको छ । तपाईंले न्याय पाउनु पर्छ ।

भारती मानन्धर आफ्नो श्रीमान् मृतक चेतन मानन्धरको हत्या गर्ने गुन्डा नाईके रिगल भनिने योगराज ढकाललाई सरकारले आम आफि दिएको भन्दै हिजो काठमान्डौमा रुदै आएकि छिन ।
उनी आज देखि सरकारविरुद्ध अन्शन बस्ने भएकि हुन। रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते संविधान दिवसमा रिगललाई आमआफि दिएका छन।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
नेपाली काङ्ग्रेस निकट रिगल घटना भएका बेला उनि तरुण दल बाँके क्षेत्रनम्बर-३ का क्षेत्रीय सभापति थिए । असोज १७