बझाङमा फेरि गयो भूकम्प
बझाङ – सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।
गत १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियोे । भूकम्पमा परेर २० जना घाइते भएका छन। असोज १९