नलगाड नगरपालिकाका स्थानीय कर्मचारीले गरे दबाब मूलक विरोध कार्यक्रम

असोज १९

काठमान्डौ – नलगाड नगरपालिका जाजरकोटका स्थानीय तहका कर्मचारीले दबाब मूलक कार्यक्रम गरेका छन।

प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तीनै तहका कर्मचारीको समान अधिकार लगायत विभिन्न माग राख्दै  उनीहरुले विरोध कार्यक्रम गरेका हुन।

नलगाड नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले सम्पूर्ण कर्मचारीहरूले पूर्ण ऐक्यवद्धता जनाउँदै गठित स्थानिय तह अति आवश्यक सेवा वाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गरेको हो।

आज देखि देशैभरका ७५३ वटा स्थानीय तहका कर्मचारीले विभिन्न माग सहित काठमान्डौको माईतीघरमा आन्दोलन गरिरहेका छन।

कर्मचारी संघर्ष समिति काठमाडौको आयोजनमा आज देेश भरमा देशभरका स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने र  दबाब मूलक विरोध कार्यक्रम भैरहेको छ।

एकिकृत निजामती सेवा ऐन जारी गर ।

• स्थानीय सेवामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सेवाको सुरक्षा गर ।

• समायोजन भएका कर्मचारीहरुको उचित व्यवस्थापन गर ।

स्थानीय सेवालाई मर्यादित र सम्मानजनक सेवाका रुपमा स्थापित गर ।.

सेवा करारका कर्मचारीहरुको उचित व्यवस्थापन गर ।

I

तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर ।

स्थानीय सेवामा कार्यरत कर्मचारीहरुका लागि कर्मचारी कल्याणकोषको व्यवस्था गर

स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गर ।

अन्तर प्रदेश सरुवा लागु गर ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवावाट खटाउने व्यवस्था गर ।

नलगाड नगरपालिका दल्ली, जाजरकोटले निकालेको विज्ञप्ति,