प्रधानमन्त्री प्रचण्ड नियमित चेक जांचका लागि नर्भिकमा भर्ना
काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन।
मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री नर्भिक पुगेको र परीक्षण सकेर निवास फर्कने, सल्लाहकार आचार्यले बताए ।
निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार चेकजाँचका लागि अस्पताल जानुभएको हो ।’ प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ । असोज ३०