सशस्त्र प्रहरीको पेट्रोल पम्पमा ठगी पाइएपछि सिल

काठमान्डौ -सशस्त्र प्रहरीको पेट्रोल पम्पमानै ठगी भएको पाईएपछि सिल गरिएको छ।

हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पले उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज बुधबार अनुगमन टोलीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरु थिए ।

सोही टोलीले हिजो तीनकुनेको गैरीगाउँस्थित रहेको बाबाभ्याली पेट्रोल पम्प पनि सिल गरेको थियो ।

पेट्रोलियम पदार्थमा ठगी भइरहेको व्यापक जन गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा विभिन्न निकायका अधिकारीहरुको टोलीले संयुक्त रुपमा अनुगमन थालेका छन् । कार्तिक १