उपभोक्ता ठग्ने काठमान्डौको हरिसिद्धि पेट्रोल पम्प सिल
काठमान्डौ – उपभोक्ता ठग्ने काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।
केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।
अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायका अनुसार सो पम्प सिल गरिएको हो ।
जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटिएको उपाध्यायले बताए ।
५ लिटर पेट्रोल भर्दा ठिकै देखीएपनि १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो उनले भने । कार्तिक २