दशैमा बोनस नदिएको भन्दै चौधरी ग्रुप सिजिका कर्मचारीले कुटे व्यबस्थापक
कार्तिक २
काठमाडौं -चौधरी ग्रुप (सीजी)ले दशैं बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदुरहरु आन्दोलन भएका छन।
दुम्कौलीस्थित सिजी ब्रुअरीको उद्योगले अन्यापूर्ण तरिकाले बोनस नबाँडेको भन्दै आन्दोलित कर्मचारीले कम्पनीका व्यवस्थापनका अधिकारीहरुलाई समेत कुटपिट गरेका छन् ।
बुधवार बिहानैदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरहरुलाई रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए ।
वार्तामा बसेर छलफल गर्न व्यवस्थापन तयार नभएको मजदुरहरुले बताए । कम्पनीले नाफा कमाइरहे पनि बाहनाबाजी गरेर बोनस नबाँडिएको मजदुरहरुको गुनासो छ ।
नेपाल आइस, मुस्ताङ लगायतका बियर उत्पादन गर्दै आएको कम्पनीमा ३ सयभन्दा बढी मजदुर कार्यरत छन् ।
सीजी ग्रुपले पनि घटना भएको पुष्टि गर्दै कम्पनीका कर्मचारीहरुले बोनस माग गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गरेका र अभद्र व्यवहार प्रदर्शन गरेको बताएको छ ।
देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको बेलापनि कर्मचारीले आन्दोलन गरि व्यबस्थापनका कर्मचारीमाथि कुटपिट गर्नु निन्दनीय भएको कम्पनीले जनाएको छ।
.