असनमा भारी बोक्ने दुई भरियाको मृत्यु
कार्तिक ३
काठमान्डौ – काठमाडौंको असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ।
मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर महानगरीय प्रहरी वृत्त जनसेवाले अस्पताल पुर्याइएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनसेवा वृत्त प्रमुख भेषराज रिजालले जानकारी दिए ।
मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।