Gold

सल्यान बनगाड कुपिन्डे पाँचरेमा फेरि बाघले पाँच भेडा मार्यो

फागुन १३

Naumule Migrate

सल्यान – जिल्लाको बनगाड कुपिन्न्डे नगरपालिका वडा न ११ मा बाघले फेरि पाँचवटा भेडा मारेको छ। स्थानीय तुम्का बुढा र देव बहादुर पुनका पाँच भेडा बाघले हिजो मारेको हो ।

गत ११ गते मात्र बाघले सोही जंगलमा चार घरका गरि ९ वटा खसी बाख्रा मारेको थियो।

दैनिक जस्तो बाघले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित छन। नगरपालिका अन्तर्गत ११ न मा रहेको महेन्द्र मावि आपचौरमा छिमेकी १२ न माझकाडाबाट बिध्यार्थीहरु पढ्न आउने गरेका छन।

दैनिक जस्तो बिध्यार्थी स्थानीय हिडडुल गर्ने बाटोमा नै बाघले बाख्रा मारेपछि मानविय क्षती हुनसक्ने भन्दै स्थानिय त्रसित बनेका हुन।

उक्त बारेमा नगरपालिकाका मेयर कर्न बहादुर बुढाले घटनाको बारेमा जानकारी भएको र नजिकको वडा अध्यक्षसंग सर सल्लाह गरेको बताए ।

यस्तै रंग दर्पणले घटनाको बारेमा जिल्ला प्रशासन प्रमुख साबित्रा पुनसंग कुरा राखेको बारेमा उनले निकुञ्जसंग कोड्नेसन गर्ने बताईन।

उनका अनुसार बाघ खोजेर संभव नहुने तर त्यस्को लागि नोटिस जारी गरेर कुन बाटो स्थानिय हिड्ने र चरण गर्ने बारेमा स्थानीय सरकारसंग पनि कोड्नेसन गरिरहेको बताईन।

Naumule Badhipahiro