आज दशैंको मुख्य दिन टीका लगाउने उत्तम साईत कति बजे

काठमान्डौ -आज दशैंको मुख्य दिन असत्यमाथी सत्यको बिजय मनाईने दिन मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।

भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीका दिन टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने छ ।

लगाइदिने मानिस पश्चिम फर्कँदा चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

आज टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

आज आफ्नो बुबाआमा मान्यजन आफन्तको हातबाट टीका लगाउने र आशिर्वाद लिने गरिन्छ। कार्तिक ७