मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्युु
कार्तिक ७
रुपन्देही – दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन।
त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ । बेपत्ताको खोजी भैइरहेको उपरीक्षक भरतबहादुर विश्वकर्माले बताए ।