मासु धेरै खाएको भन्दै भिनाजुले कुट्दा सालोको मृत्युु

कार्तिक ९

काठमान्डौ – भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकले आफ्नै सालोलाई मासु धेरै खाएको भन्दै कुटेका थिए ।

गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विक गम्भीर घाइते भएका थिए ।

मनबहादुर लामोसमयबाट भिनाजुको घरमा काम गर्दै बस्दै आएका थिए ।भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताए ।