धादिङका भलिबल खेलाडी कप्तान मृत अवस्थामा फेला

कार्तिक ९

काठमाडौं -धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् । उनी गंगाजमुना-४, गुम्दीका स्थायीवासी हुन।

सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा बिहान ६:४५ बजे झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालले बताए ।

श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।
उनी धादिङको टिमका कप्तान समेत रहेका थिए ।

lekbesi

उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । उनी टिमसहित सलाङमा बस्न गएको बताइएको छ । घटनाको अनुसंधान भैइरहेको जैसवालले बताए ।