गुर्भाकोट नगरपालिकाले भूकम्प पीडितलाई सात लाख दिने

कार्तिक १९

सुर्खेत – गुर्भाकोट नगरपालिकाले जाजरकोट रुकुमका भूकम्प पिडितलाई ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

नगरप्रमुख हस्त पुनले उक्त रकम विवद व्यवस्थापन कोषबाट उपलब्ध गराउने जनाएका हुन।

नगरपालिकाको आज १९ गते बसेको बैठकले भूकम्प पीडितहरुको उद्दार राहत र पुनस्थापनाको लागि जाजरकोट जिल्ला विपद व्यवस्थापन समितीलाई रु ४ लाख र रुकुम पश्चिम् जिल्ला विपद व्यवस्थापनलाई ३ लाख गरि जम्मा ७ लाख सहयोग गर्ने निर्णय गरेको हो।

जाजरकोटको रामीडाडा केन्द्रविन्दु भएर शुक्रवार राती गएको भूकम्पमा परि जाजरकोट र रुकुमपश्चिम्मा १५७ जनाको मृत्युु भएको छ।